
मोरङ, रतुवामाई
नेकपा एमाले रतुवामाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सिजुवास्थित विश्वनाथ भवनको सभाहलमा भव्य रूपमा प्रारम्भ भएको छ। अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष गुरुराज बराल (गुरु बराल)को प्रमुख आतिथ्यमा सम्पन्न भयो।
यस अधिवेशनले ७५ सदस्यीय नयाँ नगर कमिटी गठन गर्ने लक्ष्य राखेको छ। उद्घाटन सत्र सम्पन्न भइसकेको छ भने अहिले नेतृत्व चयनको प्रक्रिया जारी छ। नवगठित नगर कमिटीले पार्टी संगठन सुदृढीकरण, स्थानीय विकास र जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
प्रमुख अतिथि बरालले उद्घाटन सत्रमा सम्बोधन गर्दै एमालेलाई जनताको पार्टी बनाउने अभियानमा एकजुट भएर लाग्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। उहाँले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउन यो अधिवेशन ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशनमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।