उर्लाबारी । उर्लाबारी नगरपालिकाका पहिलो मेयर तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले संस्कृतिको जर्गेना नगर्ने हो भने आदिबासी जनजातिको पहिचानसमेत लोप हुने बताउनुभएको छ ।
आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्,उर्लाबारीको आयोजनामा उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आयोजना भएको प्रथम आदिबासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले संस्कृति लोप भए जनजातिको अस्तित्वसमेत लोप हुने भएकाले ओझेलमा परेका जातजातिको संस्कृति उजागर गर्दै लिपिबद्ध गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न जातजातिका भाषा लोप हुँदै जान थालेको छ । नयाँ पुस्तालेसमेत भाषा बिर्सन थालिसके । यसको संरक्षणका लागि स्थानीय समुदायसमेत अग्रसर हुनुपर्छ ।’ उहाँले अर्को प्रसंगमा राजनीतिक मानसम्मानका लागि नभई परिवर्तनका लागि भएको बताउनुभयो । राजनीतिक सुद्धिकरणका लागि अब युवाहरु राजनीतिमा होमिनु पर्नेमा जोड दिँदै मेयरमा जित्न २ करोडभन्दा बढी खर्च गर्नु पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । पैसा खर्च गरेर निर्वाचन जित्ने स्थिति बनेको उल्लेख गर्दै त्यसरी विजयी हुँदा जनहितका काम ओझेलमा पर्ने उहाँको भनाई छ ।
आदिबासी जनजातिहरुको संस्कृतिको जर्गेना गर्नुपर्छः खड्ग फागो
२०७९ असार ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd