उर्लाबारी ५ असार
विजय धिमाल
मोरङको उर्लाबारीमा संचालित तीन दिने आदिवासी जनजाति फुड फेष्टिबल भब्यताका साथमा सम्पन्न भएको छ।
असार ३ गतेबाट संचालनमा आएको फुड फेष्टिबल ५ गते आज सम्म संचालन भएको थियो।
फेष्टिबलको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले भन्नुभयो “आदिवासी जनजातिको प्रवर्द्धनमा नगरपालिका प्रतिबद्ध रहेको छ” ।
आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजनामा गत असार ३ देखी सुरु भएको “प्रथम आदिवासी जनजाती फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम” को समापन समारोहमा बोल्दै नगर प्रमुख खरेलले उक्त कुरा बताउनु भएको हो ।
सबैको सुझाब र भावनालाई समेटेर नगरपालिका अहिले बजेट निर्माणको तयारीमा जुटिरहेको बताउदै आदिवासी जनजातिको प्रद्धर्बन र प्रोत्साहनका लागि लागिपर्ने प्रतिबद्धता जनाएका थिए । खरेलले आदिवासी जनजाति महासंघले गर्दै आएका नियमित कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्ने समेत बताउनु भएको छ।
कार्यक्रममा नगरउपप्रमुख मिना खतिवडा, महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, संस्थापक अध्यक्ष रामकुमार राई, नित्यान्द ताजपुरीया लगायतको पनि आतिथ्यता रहेको संस्थाका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयाेजक समसेर लिम्बुले जानकारी दिए । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका नगर अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिए ।
फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार, सन्थाल, दनुवार सहित स्थानीय जातजातीका मौलिकता सहित स्थानीय गायक नन्दु गुरुङ र सुरेश धिमालले गीतगाएर मनाेरंजन दिएकाे संस्थाका सचिव नारायण राईले जानकारी दिए । पराम्परागत खानाका परिकारहरु राखिएको र उर्लाबारी नगरपालिकाले प्रवर्द्धनका लागि आर्थिक सहयाेग गरेकाे संस्थाका काेषाध्यक्ष रिता तामाङले जानकारी दिइन अतिथिहरुमा स्थानीय समाजसेवी, सराेकारवाला व्यक्ति लगायत रहेका थिए भने सबैकाे साथ र सहयाेग भएमा यी यस्ता कार्यक्रम गर्दैजाने भनाइ राख्दै विधिवत रुपमा कार्यक्रम समापन गरेका थिए ।