उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को क्षेत्रमा करोडौंका योजनाहरु परेका छन् । प्रदेश सरकारले करोडौंका योजनाहरुका लागि बजेट छुट्याएको हो ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका लागि सिटी स्क्रानका लागि ४ करोड, किराँत राई भवन निर्माण उर्लाबारीका लागि ३०लाख, किरातेश्वर सामुदायिक भवन मिक्लाजुङमा ३०लाख, नमुना वाल विकास केन्द्र उर्लाबारी–७ मा २० लाख, उर्लाबारी यायोक्खा भवन निर्माणमा १५ लाख, गोदार थापा समाजसेवा सामुदायिक भवन उर्लाबारी–३ मा १५ लाख, मंगलबारे धानखेती साम्लिग आइतबारे सडक मोरङमा २५ लाख, आइतबारे मलामीघाट चोकबाट बहादुर स्कुलसम्म जोड्ने सडक उर्लाबारी–४ मा २५ लाख, खाबे झोडा स्कुलबाट साखारे वडा कार्यालय जोड्ने सडक मिक्लाजुङ ६ र २ मा २५ लाख, किसान चौक टाँडी आईतवारे रबि सडकमा ३ करोड, आईतबारे झाँरसादी हुँदै टाँडी मधुमल्ला जोड्ने सडकमा ४० लाख, नुनसरी खुडी पर्यटन पूर्र्वाधार निर्माण मिक्लाजुङ २ मा १० लाख, सरस्वती भवन किर्तन मण्डल उर्लाबारी–४ मा १५ लाख, गुरु गोरखनाथ मन्दिर सामुदायिक धर्मशाला निर्माण उर्लाबारी ३ मा १० लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै, भ्याल श्रेष्ठ वंसज उत्थान प्रतिष्ठान नेपाल पूर्वाधार निर्माण उर्लाबारी–१ मा २० लाख, धिमाल जातिको पूर्वाधार निर्माण उर्लाबारी–६ मा १० लाख, बेतिनी सोल्टी खोला नियन्त्रण कार्य उर्लाबारी–२ मा १२ लाख, देवयानी खानेपानी सावित टाँडी–८ मा ३० लाख, तिल्केनी खानेपानीमा २५ लाख,राजघाट खानेपानीमा ५ लाख, वक्राहा खैदुगसरा सिंचाई आयोजना उर्लाबारी–८ मा १५ लाख, लक्ष्मीझार खानेपानीमा ३० लाख, लालमाटी खाकरवारी खानेपानीमा ३० लाख, मावा पुच्छरटोल खानेपानीमा २५ लाख, कालिदह खानेपानी टाँडीमा १५ लाख, मधुमल्ला ट्यूवेल सिंचाइ प्रणाली मिक्लाजुङमा २५लाख, बेतेनी बक्राहा पैनी निर्माण उर्लाबारीमा ५ लाख, सिंचाइ कुलो रचनाटार मिक्लाजुङ–२ मा १० लाख, खयर भट्टी बिहिबारे पैनी निर्माण उर्लाबारी–२ मा ६ लाख, विकासे वस्ती नदी नियन्त्रण उर्लाबारी–१ मा ८ लाख, किसान चौक पश्चिम सोल्टी खोला तटबन्धन उर्लाबारी–४ मा ८ लाख, नुनसरी खोला रचना बाझोखेत तटबन्धन मिक्लाजुङ–२ मा २५ लाख, रचना स्कुल उत्तर साखारे खोला तटबन्धन मिक्लाजुङ–२ मा २५ लाख, डिप वोरिङ्ग लिफ्टिङ्ग खानेपानी योजना मिक्लाजुङ–२ रचनाटार मा १५ लाख, देवीथान खानेपानी मिक्लाजुङ–२ मा १७ लाख, शान्तिटोल खानेपानी मिक्लाजुङ–७ मा ५ लाख, वडहरे खानेपानी मिक्लाजुङ–३ मा १२ लाख ८० हजार, राजघाट खानेपानीमा १२ लाख, लालमाटी खाकरबारी खानेपानीमा ५ लाख, देवयानी खानेपानी टाँडीमा ५ लाख छुट्टिएको छ ।