
गौरादह | झापाको गौरादह नगरपालिका वडा न. ४ मा बिगत ३ महिना देखि वडा कार्यालयमै थन्किएको ३ थान हाते ट्याक्टर र २० थान मोटर आज बितरण गरिएको छ।
शत प्रतिशत अनुदानमा आएको कृषि सामाग्री एमालेका कार्यकर्तालाइ बाडिएको स्थानीयले गुनासो गरेका छ्न ।
वडाबासिले थाहा नै नपाइ टोल समितिका अध्यक्षले मनोमानी ढंगले आफ्नो नाममा पारेर लिने गरेका छन।
बितरण भएको मध्ये १ वटा हाते ट्याक्टर किस्तिचौन टोल बिकासका अध्यक्ष गणेश बहादुर श्रेष्ठले राजनीतिक पहुँचका आधारमा लिए । उनले टोलबिकास समितिको बैठक नबसी यो निर्णय गरिएको श्रोतले बतायो ।
वडा कार्यालयले टोलबिकास समितिले सिफारिस गरेको किसानलाई बितरण गर्ने भनेतापनी उक्त टोलबिकास समितिले मनोमानी ढंगले आफू निकटलाई वितरण गरेको छ।
श्रेष्ठले वडाबाट आउने अनुदान आफुमात्र लिने गरेको एक स्थानीयले बताए।
विगतमा पनि बोयर जातको बोका बितरणमा श्रेष्ठले आफू निकटलाई बाडेको स्थानीयको गुनासो छ।
तत्कालीन वडाअध्यक्ष मणिन्द्र कार्कीले उपभोक्ता समिति गठन गर्दा आफुले रुचाएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्ने गरेका थिए।
टोल बिकास समितिले टोलबासिको भेला नगरी टोलबिकासबाट योजना श्रेष्ठले माग गरेको रहस्य बाहिरिएको छ। टोलबासिलाइ भेला गरेर टोल बिकासका समितिको भेला गरेर टोलबिकास समितिको बिकासका लागि योजना पेश गर्नु पर्नेमा अध्यक्ष एक्लैले आफुले योजना बनाएर वडा कार्यलयमा बुझाएको एक टोलबासिले जानकारी दिए ।
कहिले टोलले भेला गर्छ र आफ्नो क्षेत्रको समस्यालाई समाधान गर्नलाइ टिपाउनु पर्यो भनेको अस्ति पो पेश भइ सकेछ हामिलाइ थाहा नै छैन उनले भने ।