भोजपुर | भोजपुरको पौवादुङ्मा गाउँपालिकामा संचालित २१ दिने ट्रेल रेस प्रशिक्षण आज सम्पन्न भएको छ।
मिरा राई फाउन्डेसनको आयोजना तथा प्रदेश नम्बर १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा गत बैशाख २० गते देखि असार ९ गते सम्म कार्यक्रम संचालन भएको हो ।
२१ दिन सम्म संचालित कार्यक्रमलाई खुल्ला प्रशिक्षण र बन्द प्रशिक्षण गरि दुई चरणमा बिभाजन गरिएको थियो ।
मिरा राई फाउन्डेसनका उपाध्यक्ष हंसराज राईको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राई हुनुहुन्थ्यो भने विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नविन भट्टराई रहनु भएको थियो।
कार्यक्रममा गाउँपालिका वार्ड नं ५ का वडाध्यक्ष बोम प्रसाद राई, स्थानीय पत्रकार लगायत स्थानीय बुद्धिजीवीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा सुभकामना मन्तव्य राख्दै फाउन्डेसनका कोषाध्यक्ष नुतन राईले स्थानीय सरकारले मिरा राई फाउन्डेसन प्रती गम्भीर भएर सोच्न र फाउन्डेसन मार्फत विभिन्न सामाजिक काम गर्न समेत अनुरोध गर्नुभएको थियो ।
मिरा राईको खेल संगै पर्यटनको बिकासकालागि गाउँपालिका र प्रदेशले उचित ध्यान दिनुपर्ने उहाँको भनाई छ।
फाउन्डेसनकि संरक्षक मिरा राईको उपस्थितिले झनै कार्यक्रमको माहोला तातेको थियो।
फाउन्डेसनकि संरक्षक राईले कार्यक्रममा बोल्दै प्रशिक्षणको उदेश्य र ट्रेल रेस सम्बन्धि आफ्ना भनाईहरु राख्नुभएको थियो।
त्यस्तै मिरा राई फाउन्डेसनका अभिभावक बिन्दुमान राई, वार्ड नं ५, का वडाध्यक्ष बोम प्रसाद राई, लगायतले सुभकामना मन्त्व्य राख्नुभएको थियो।
२१ दिन सम्म संचालित प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रममा १० किलोमीटर ट्रेल रेस गराईएको थियो| प्रशिक्षणको प्रभाव र प्रशिक्षार्थीलाई हौसला दिन उक्त रन गराईएको सस्थाका सहसचिव बिजेन्द्र हाङ्बाङ्ग राईले जानकारी दिनुभयो।
गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस सुप्ला, मान डाडा हुँदै सानोदुम्मा १० किलोमिटरमा गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ पौवादुङ्माका अर्जुन तामाङ प्रथम भएका छन। उनले निर्धारित दुरी ४५ मिनेट ३ सेकेन्डमा पार गरेका थिए। द्वितीय भएका लेखनाथ कटुवालले ४६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेका थिए । त्यस्तै तृतिय भएका रुपेश कटुवालले ४७ मिनेटमा दुरी पार गरेका थिए। त्यस्तै महिला तर्फ प्रथम भएकी प्रियांका राईले ५४ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन । ऐसेलुखर्क गा.पाकी निर्मला राईले ५४ मिनेट १६ सेकेन्डमा दुरी पार गरि द्वितीय स्थान हासिल गरेकी थिइन।
त्यस्तै तेश्रो बन्न सफल कावाबुङ्ग राईले ५६ मिनेट ६ सेकेन्डमा दुरी पार गरेकी थिइन। बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले पुरस्कर वितरण गर्नुभएको थियो।
खेलाडीलाई प्रोत्साहन स्वरूप प्रथम, द्वितीय, र तृतीय गरि क्रमश जनही ५ हजार , ३ हजार र २ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।