
उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभा अझै जारी छ । आगामी आर्थिक वर्षका लागि उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले प्रस्तुत गरेको बजेट पारित भइसकेको छ ।
आ.व. २०७९ । ८० को वजेट योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफलसहित पारित भएको भएको छ भने नगरसभाको बैठक असार आज पनि बस्दै छ । नगरसभाको बैठक हलमा मेयर मेयर गंगाप्रसाद खरेलले ऊँ शान्तिको कार्यक्रममा बालिने बत्ती जडान गरिएको छ । ‘ऊँ शान्तिको कार्यालय जस्तो सभाहल बनाएको छ’ एक सदस्य भने्,‘खोई के गरेका हुन्, गर्नेलाई भन्दा देख्नेलाई लाज ।’ यस विषयमा मेयर खरेलसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।