रतुवामाई १०, का वडाध्यक्ष कार्कीलाई धम्की

२०७९ असार २२, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । सचेत नागरिक रतुवामाई नामक फेशबुकमार्फत रतुवामाई वडा नं. १० का वडाध्यक्ष भुलबहादुर (अशिष) कार्कीलाई धम्की आएको छ ।
सचेत नागरिक रतुवामाईको नाममा फेसबुक बनाएर रतुवामाई नगरपालिका वडा नं. १० का वडाध्यक्ष अषिश कार्कीलाई धम्की दिँदै पोष्ट गरिएको थियो । त्यो पोष्ट केही समयमै डिलिट भइसकेको छ । एउटा सडकको फोटो राखेर भनिएको छ, रतुवामाई वडा नं. १० प्रति हार्दिक अपिल । वडाध्यक्ष अषिश कार्की ज्यू्र । केही पहल गर्नुस् ? …वान मैले मुख छाड्नै पर्ने हो ?

 

मेरो १ इसारामा तिमीहरुको राजनीति समाप्त गर्ने हैसियत छ । यति रिस उठेको छ नि आज, भोली यसको छिनोफानो भएन भने वडा १० को आशिस कार्कीको घाटी मेरो सामुन्ने हुनेछ । नेपाल पुलिसलाई च्यालेन्ज ? मलाई पक्राउ गरेर देखाओस् म पनि ? कसले बाधक बनायो ? को हो एमालेको तालु चटुवा ? नाम सार्वजनिक गर्नुस् ?

सामाजिक सञ्जालमार्फत धम्की आएपछि उक्त फेशबुकको पहिचान गरी कार्वाही गर्न माग उठेको छ । वडाध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत धम्की दिनेलाई पक्राउ गरी कार्वाही गर्न इलाका प्रहरी कार्यालय सिजुवामा निवेदन दिइसकेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय