दिल्लीमा प्रचण्ड र आरजु देउवा बिच भेटघाट

२०७९ असार ३२, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३२ असार
शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो ।

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय