दिपज्योति सहकारीको उदाहरणीय काम

२०७९ श्रावण ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

कमल कटुवाल, दमक झापा

झापाको दमक -०५, वेलडाँगी रोडमा रहेको दिपज्योती वचत तथा ऋण सहकारी संस्थाद्वारा इलाका प्रहरी कार्यालय दमकलाई वाटर डिस्पेन्चर तथा खानेपानीका सामाग्री हस्तान्तरण गरेको छ।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यलयमा आउने ब्यक्तीहरुलाई खानेपानी पिउन सहज होस भन्ने हेतुले उक्त सामाग्रीहरु प्रदान गरिएको हो।

संस्थाका संचालक समिति सदस्य रबिन खडकाका अनुसार उक्त कार्यक्रममा संस्थाका तर्फबाट संचालक समिति सदस्य टंक भट्टराई, भरत बास्तोला, रविन खड्का तथा बजार ब्यवस्थापक निरज नेपालीले संयुक्त रुपमा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक र प्रहरी निरिक्षकको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेका थिए।
साथै आगामी दिनहरुमा यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने खडकाले कार्यक्रम मार्फत बताएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय