चिरञ्जीवी थापा मोरङ क्षेत्र नं. १ (क) को प्रदेश सदस्यको उम्मेद्वार बन्छन् त ?

२०७९ श्रावण ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेताहरुको दौडधुप बढेको छ । टिकट हत्याउनेदेखि भेटघाट बाक्लिएको छ ।

यसैक्रममा समाजसेवी उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापाको नाम पनि मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदमा चर्चामा छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहनुभएका थापा यस पटक नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेश सांसद उम्मेद्वार बन्न सक्ने बुझिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका युवा ब्यवसायी थापाले भने उम्मेद्वार बन्ने बिषयमा केही बोल्नुभएको छैन । पार्टीले जिम्मेवारी दिएको खण्डमा पछि नहट्ने उहाँको भनाई छ । सामाजिक सेवा, राजनीति तथा ब्यवसायमा सक्रिय थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा समेत उम्मेद्वारी दिनुभएको थियो । आफ्नो ठाउँ उर्लाबारी र मिक्लाजुङलाई नमूना बनाउने उहाँको सोच छ ।

थापा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएको थियो । जनसम्पर्क समिति जापानको पटक–पटक कार्यबहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दूतावास घेराउ गर्ने क्रममा पक्राउ समेत पर्नुभयो । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गर्नुभएका थापा अध्ययनका सिलसिलामा जापान पुग्नुभएको थियो । बैकिङ, होटल, उर्जा, सोलार, कृषि लगायतको व्यवसायमा आवद्ध उहाँ एनआरएन जापानको कार्यबहाक अध्यक्ष समेत भइसक्नुभएको छ । थापाले एमविए सम्मको अध्ययन पुरा गर्नुभएको छ । थापा नेपाली कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले विजयी बन्नुभयो । गाउँ गाउँमा हुने सामाजिक काममा पनि थापाको साथ र सहयोग रहँदै आएको छ । थापा अहिले नेपालमै रहेर ब्यवसायलगायतमा ठूलो लगानी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय