नवत्रिवेणी सहकारी र आमबारी सामुदायिक अस्पतालबीच सहकार्य हुने

२०७९ श्रावण ४, बुधबार
पढ्ने समय : < 1 मिनेट

सिजुवा । मोरङको सुनवर्षी नगरपालिका वडा नं. ६ मा रहेको नवत्रिवेणी बहुउद्देश्य सहकारी संस्था र रतुवामाई नगरपालिका वडा नं. ४ मा रहेको आमबारी सामुदायिक अस्पतालबीच सहकार्य गर्ने निर्णय भएको छ । आज भएको एक औपचारिक छलफल मार्फत सहकारीका शेयर सदस्यको स्वास्थ्य उपचारमा सहुलियत दिने एजेन्डाका साथ सहकार्य गर्ने निर्णय भएको हो ।

सहकारीका शेयर सदस्यहरुलाई अस्पतालले निःशुल्क डेन्टल ओपीडी सेवा प्रदान गरिने सम्झौता भएको छ । भिडियो एक्सरे र एक्सरेमा १० प्रतिशत तथा अन्य सम्पूर्ण टेष्टहरुमा १५ प्रतिशत र बि.डि.एस.द्धारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारमा १२ प्रतिशत छुट दिने, आखाँको चेकजाँच, अप्रेसन तथा चस्मामा १० प्रतिशत छुट दिने सम्झौता भएको जनाइएको छ ।
अस्पतालले सहकारीका शेयर सदस्यहरूलाई लक्षित गरेर वर्षमा कम्तीमा एक पटक निः शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने समेत जानकारी दिएको छ ।

उक्त सेवा सुविधा प्राप्त गर्न सहकारीले कार्डको ब्यवस्था गरेको गर्ने छ । सहकार्य यही साउन १ गतेदेखि जारी भएको छ । सहकार्यका निमित्त बसेको छलफल कार्यक्रममा सहकारीका प्रमुख बबिन भण्डारी र अस्पताल प्रमुख जय प्रकाश यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय