
उर्लाबारी, श्रावण ८
उर्लाबारी बहुमुखी क्याम्पस बि.यस.डब्लु प्रथम बर्ष अध्ययनरत विद्यार्थी र नगरप्रमुख गंगा खरेल बिच समाज कार्यका क्षेत्रहरुको बारेमा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
उर्लाबारी नगरपालिकाले समाज कल्याण कार्यक्रमका लागि के-कस्ता कार्ययोजनाहरु निर्माण गरेको छ ,नीती निर्माण तयार पारेको छ भन्ने मुलत बिषयमा छलफल भएको थियो।
छलफल अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खरेलले विद्यार्थीहरुले राखेका जिज्ञासा र प्रश्नहरुको उत्तर दिएका थिए।
समग्र समाज बिकासमा आफू लाग्ने र भष्ट्र्चार मुक्त नगरपालिका बनाउन आफू लागिपार्ने उनको भनाई छ।
सुनिल तामाङको संयोजकत्वोमा विद्यार्थीहरु सहितको टोलीले नगरप्रमुखको कार्यकक्षमै पुगी अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो।
कार्यक्रममा बि.यस.डब्लु प्रथम बर्ष अध्ययनरत छात्र, छात्रा र शिक्षक बिष्णु मगरको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षक मगरले भन्नूभयो “उर्लाबारी नगरपालिकाले तयार पारेका समाज कल्याणका कार्यक्रम र कार्ययोजनाहरुको जानकारी दिई सहयोग दिनुभएकोमा नगरप्रमुख प्रति आभारी छु। ” कार्यक्रम र कार्ययोजनको जानकारीले ब्यवहारीक कुरालाई समेत जोड्दिने उहाको भनाई छ।