उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको पशुपति आमाबिले यस बर्षको एसईई परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याएको छ ।उर्लाबारीकै पहिलो निजी विद्यालयको रुपमा स्थापित पशुपति आमाबिबाट आर्दश भट्टराईले जिपिए ४.० ल्याएका छन् । उनले ल्याएको जिपिए ४.० प्रदेश नं. १ मा सबैभन्दा धेरै हो ।
भट्टराई प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याउने दाबी गरिएको छ । मोरङ जिल्लामा भने उनी जिपिए ४.० एक्ला विद्यार्थी हुन् । त्यस्तै स्नेहा राईले जिपिए ३.९५ जिल्ला दोस्रो बनेकी छिन् । जिल्लाभरीमा उनीसहित ४ जनाले मात्र जिपिए ३.९५ ल्याएका छन् । उत्कृष्ट नतिजासहित शतप्रतिशत नतिजा ल्याएको संस्थापक विजयकुमार कार्कीले जानकारी दिनुभयो ।
निरन्तर विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थी, अभिभावक तथा शिक्षक, कर्मचारीलाई उहाँले धन्यवाद एबं आभार प्रकट गर्नुभएको छ ।