
उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा शमशेर लिम्बू सर्वसम्मत चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षत्रयमा सूर्यबहादुर माझी, नारायण धिमाल र सुकुरमुनी बेस्रा, सचिवमा नारायण चाम्लिङ राई, सहसचिवत्रयमा महेशकुमार शाक्य, अञ्जु लिम्बू र सुशिला मगर तथा कोषाध्यक्षमा रिता तामाङ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक रुद्रबहादुर तामाङले बताउनुभयो ।
समितिको सदस्यहरुमा गणेशकुमार मगर, तारा श्रेष्ठ, डुक्चे भोटे, वविता दनुवार, कमल गुरुङ, मनिराज देवान राई, शीरमाया धिमाल, कविता याक्खा, भीमबहादुर माझी, वीरेन्द्र मार्डी, सीता भुजेल र गजेन्द्र तामाङ रहनुभएको छ । यस्तै, लेखा समिति संयोजकमा खगेन्द्रबहादुर भुजेल, सदस्यमा मनकुमारी राई र नरबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।