उर्लाबारी । उर्लाबारी नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय बनेको नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका प्रथम मेयर खड्ग फागोले आरोप लगाउनुभयो । एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । उहाँले नगरपालिकामा एमालेको बोर्ड राख्नमात्रै बाँकी रहेको उल्लेख गर्दै जनहितभन्दा पनि पार्टी कार्यकर्ताहरुलाई पोस्ने काम भएको बताउनुभयो । उर्लाबारी नगरपालिकाको बेथितिका बारेमा नेपाली कांग्रेसले सशक्त कदम चाल्नु पर्ने उहाँको भनाई छ । उहाँले आफ्नो कार्यकालमा कसैलाई पनि विभेद नगरी काम गरेको दाबी पनि गर्नुभयो । नगरपालिकाबाट विना कारण दुई कर्मचारीलाई हटाएको भन्दै उहाँले पूराना कर्मचारी हटाएर कार्यकर्ता भर्ति केन्द्र बनाउँदा कांग्रेस रमिते बनेर नबन्ने बताउनुभयो । नगरपालिकाको हित विपरीत कर्मचारीले काम गर्दा हटाउँदा आपत्ति नभएको बताउँदै विनाकारण हटाउने कार्य भए मान्य नहुने उहाँले बताउनुभयो । बहुमतको दम्भ देखाएर कार्यकर्ता पोस्ने काम सह्य नहुने उहाँको भनाई छ ।
एमालेको पार्टी कार्यालय बन्यो उर्लाबारी नगरपालिका, बोर्ड राख्न मात्रै बाँकीः खड्ग फागो
२०७९ श्रावण २२, आईतवार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd