मोरङ्ग क्षेत्र नं २ बाट संघिय संसदमा कृषि अभियान्ता ठगेन्द्र न्यौपानेले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन।
राजनितिमा युवा हस्तक्षेपको नारा केही दशकबाटै लागेपनि ७९ को निर्वाचनमा युवा जवरजस्त देखिने संकेत मिलेको छ।देशकै मुख्य सहरहरुमा गत स्थानिय निर्वाचनमा स्वतन्त्र उमेद्वारहरुले बाजि मार्दा देशव्यापी रुपमा त्यसको असर अागामी संघिय र प्रदेश निर्वाचनमा देखिने प्रस्ट छ।काठमाण्डौमा निर्वाचन घोषणा पुर्वै स्वतन्त्र उमेद्वार घोषणाको लहरै चलेको छ।
मोफसलका मुख्य नेता हराउने युवाको अभियान देशको राजनिति तंरगीत बनाएको छ। निरन्तर राजनैतिक दलका नेताहरुको झुटा आश्वसनले आजित मतदाताले अबको निर्वाचनमा कस्लाई मत दिने अन्यौल छ। यसैबिच मोरगं क्षेत्र न २ मा कृषि अभियान्ता भनेर चिनिने युवा ठगेन्द्र प्र.न्यौपानेले स्वतन्त्र उमेद्वार घोषणा गरेका छन।स्वरोजगारीता , उत्पादनको व्याख्या र व्यवहारले छोटो समयमा रतुवामाईमा परिचित उनी दक्षिण कोरीयाको आकर्षक जागिर छोडेर कृषि अभियानमा होमिएका छन।वैदेशिक रोजगारीले देशको क्षणिक अर्थतन्त्र उस्किएपनि स्थानिय उत्पादन नगरी देश समृद्ध हुन नसक्ने र त्यसको निम्ति युवा उत्पादनमा लाग्नु पर्ने उनको एउटै लक्ष्य रहेको छ।त्यसै मुताविक रतुवामाईमा ठूलो परिणाममा खेति गर्दै आएका छन। रतुवामाई वैदेशिक रोजगार समन्वय समिति नामक सस्था स्थापना गरि सस्थापक अध्यक्ष हुँदै काम गरेका उनी हाल स्थानिय कृषकमा अत्यन्तै लोकपृय रहेका छन।
उनको निरन्तरको मेहनत र समाजप्रतिको इमन्दारीता प्रशंसा लायकै रहेको छ। राजनितिमा ठुलमुले,पदको पछी दौडने,एकांकी आफ्नो विचार लाद्न जुनसुकै हतकन्डा अपनाउने भनी उनलाई विरोध गर्नेहरुको जमात समेत उत्तिकै रहेको छ।संसदिय राजनितिको केन्द्र रहेको मोरगं क्षेत्र न २ मा उनको उमेद्वारी घोषणाले यश क्षेत्रमा राम्रै तरगं ल्याउने निश्चित छ।