नेपाललाई प्रकृतिले संसारका प्रायः सबै विविधता प्रदान गरेको छ । जुन विविधतालाई शब्दमा ब्याख्या विश्लेषण गर्न सम्भव छैन । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तारको क्रम बढ्दै गइरहेको छ । नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गरेका छन् ।
जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । यहि सम्भावनालाई साकार पार्न र पर्यटकीय गन्तव्यको खोजि गर्न वरिष्ठ लेखक तथा पत्रकार लिलाराज खतिवडा यतिबेला रुकुम पुर्वका सम्भावित क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ। नेपालका विभिन्न कालखण्डमा रुकुमको चर्चा आफ्नै तवरको भएको पाइन्छ। पछिल्लो समयमा रुकुम पुग्ने पर्यटकहरुलाई जनयुद्धको समयमा क्षति भएका गाउँहरुको बारेमा समेत अध्ययान मौका मिलेको छ । जनयुद्धको समयमा सबैभन्दा धेरै सेनाद्धारा आगजनी गराई रुकुमका धेरै गाउँहरु धव्स्त भएका छन।
१० बर्षे जनयुद्धले रुकुम नेपालको राजनैतिक परिवर्तनको सवालमा पछिल्लो पटक इतिहासको पानामा कोरिएका छन । जनयुद्धको बेला रुकुम र रोल्पाको नाम सुन्दापनि आत्तिने र डराउन पर्ने अवस्था थियो।
अहिले रुकुम आफ्नो विकासमा जुरमुराएको छ। लामो समय जनयुद्धले थलिएपपनि अहिले यहाँका युवाहरु आफ्नो जिल्लाको विकासका लागि सक्रिय रहेकाछन। वरिष्ठ लेखक तथा पत्रकार लिलाराज खतिवडाले उपलब्ध गराएका तस्वीरहरु