जोरपाटीबाट सुन चोरेर फरार भए भोजपुरका राजेश गदाल

२०७९ भाद्र २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ । गोकर्णेश्वर नगरपालिका वार्ड नं. ५,जोरपाटी पिपलबोटमा संचालित विष्णु गहना उद्योगको सुन चोरेर भोजपुरका राजेश गदाल फरार भएका छन।
गत श्रावण २५ गते उद्योगका संचालक खाना खान गएको मौका छोपी गदालले ३ तोला सुन लिएर फरार भएका हुन।
भोजपुरको पात्लेपानी वडा नं. ७ स्थायी घर भएका गदाल हाल विष्णु विश्वककर्माले संचालन गरेको विष्णु गहना उद्योग जोरपाटीमा कालिगडका रुपमा काम गर्दै आएका थिए।

केही दिन अघि मात्रै गदालले आफू समस्यामा परेको र कामको खाचो रहेको भन्दै विष्णु संग हारगुहार गरेपछि विष्णुले उनलाई काममा राखेका थिए। तर काममा राखेको केही दिनमै गदाल सुन चोरेर फरार भए।
उनले यस अघिपनि यसैगरी केही पसलको सुन चोरेको खुल्न आएको छ।फरार रहेका गदालको खोजिका लागि हुलिया सहित प्रहरीमा निवेदन दिएको संचालकले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय