उर्लाबारी । मोरङ क्षेत्र नं. १ क मा प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मिक्लु खोला निर्माण गरेरै छोड्ने प्रण गर्नुभएको थियो । सोही क्रममा बैशाख १५, २०७६ मा आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नुभयो ।
मोरङको उर्लाबारी–१ र मिक्लाजुङ–६ जोड्ने मिक्लु खोलामा पुल नहुँदा बर्षामा खोलाबाढीको कारण सास्ती खेप्नु पर्ने बाध्यता थियो । त्यसको अन्त्यका लागि प्रदेश सांसद लिम्बूको पहलकदमी महत्वपूर्ण रह्यो । प्रदेश सांसद् लिम्बूको विशेष पहलमा प्रदेश सरकारको बजेटमा सो ठाउँमा पुल निर्माण भएको छ । ८६.६० मिटर लम्बाईको सो पुलको महाविर–किँरातेश्वर जे.भी. सुकेधारा काठमाण्डौले सात करोड २५ लाख ४९ हजार ७६० रुपैयामा ठेक्का लिएको थियो ।
पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । पुल निर्माण भएपछि उर्लाबारी हुँदै टाँडी जाने यात्रु तथा सर्वसाधारणलाई सहज भएको छ । पुल निर्माणसँगै बर्षाको समयमा जोखिमपूर्ण तरिकाले यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । उक्त पुलको भदौं १३ गते भौतिक मन्त्री हिमाल कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सांसद लिम्बूका प्रतिबद्धता पूराः मिक्लु खोलामा पुल बन्यो
२०७९ भाद्र ८, बुधबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd