उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औँ साधारणसभा शनिवार

२०७९ भाद्र १६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १६ भदौँ ।  भदौँ १८ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको ३४ औँ वार्षिक साधारणसभाको तयारी तिब्र पारिएको छ । कार्यक्रम व्यवस्थापन, अतिथी निमन्त्रणा, व्यापारी सदस्यलार्ई आमन्त्रण, पुरस्कार तथा सम्मान् लगायतका कार्यहरु सकिएको छ । साधारणसभामा नेपाल उद्याग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघई, प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा, प्रदेश सांसद् कुशल साम्बा, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल लगायतको आतिथ्यता रहनेछ ।

साधारण सभामा अध्यक्ष शेरबहादुर भण्डारीले निर्बाचित भएको एक वर्षको अवधिमा भएका कार्य योजना प्रस्तुत गर्नु हुने कार्यसमिति सदस्य एवम् साधारणसभा प्रचारप्रसार संयोजक नुतन राईले जानकारी दिनुभयो । यस्तै गत आर्थिक वर्षको लेखा प्रतिवेदन, वार्षिक कार्ययोजना प्रस्तुत हुनुका साथै व्यवसायी, पत्रकार, सामाजिक ब्यक्तित्वलाई पुरस्कार एवम् सम्मान् ब्यक्त गर्ने कार्यक्रम समेत रहेको राईले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाभित्र ब्यापार ब्यबसाय गरेर बस्नु भएका ब्यापारीहरुलाई साधारणसभामा उपस्थित भई अमुल्य सल्लाह सुझाव दिन आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय