उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औँ साधारणसभा सम्पन्न

२०७९ भाद्र १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १८ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औँ साधारणसभा सम्पन्न भएको छ । आज संघको सभाहलमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा प्रमुख अतिथि संघाईसहित महासंघका निवर्तमान उपाध्यक्ष किशोर प्रधान, मोरङ १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा, प्रदेश सांसद् कुशल साम्बा, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, संघका प्रमुख सल्लाहकार प्रितम खड्गीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा संघका अध्यक्ष शेरबहादुर भण्डारीले संघले एक वर्षको अवधिमा गरेका गतिविधि र भावी कार्यक्रम समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक गणेश खत्रीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय