मंसिर २ गते हुने संघ र प्रदेशको निर्वाचनमा मोरङ्ग क्षेत्र नं २ बाट संघिय संसदमा कृषि अभियान्ता ठगेन्द्र न्यौपानेले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरे संगै उनको कृषि क्रान्तिको समेत चर्चा चल्न थालेको छ। चार बर्ष दक्षिण कोरिया बसेर फर्किएका ठगेन्द्रले आफ्नै गाउँघरको माटो सुम्सुम्याउदै २०७६ देखि कृषि कर्ममा नयाँ क्रान्तिको शुरु गरे। स्थानीय युवाहरुलाई सहभागी गराएर अभियानकै रुपमा सामुहिक खेतीपातीको नेतृत्व गरिरहेका छन् उनी ।
बैदेशिक रोजगार समन्वय समिति रतुवामाई नामको संस्थामा आबद्ध भएर ठगेंद्रको अगुवाइमा व्यवसायीक कृषि थालेका युवाहरु अहिले स्थानीय बजारमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् । ठगेन्द्रको अभियानले पढेलेखेका र देशविदेश घुमेका युवाहरु समेत बजारमा आफ्ना उत्पादनहरु बेच्न थालेका छन। यो अभियान देखेपछि अन्य युवाहरु पनि उत्प्रेरित हुनथालेका छन्। ३ बिगाहा क्षेत्रफलबाट शुरूवात गरिएको खेती यतिबेला ३० बिगाहा क्षेत्रफलमा संचालन भइरहेको छ। सामान्य कुट्टो कोदालो र स्थानीय श्रमिकको प्रयोग गरि कृषि अभियान शुरु गरेका न्यौपाने अभियानले यतिबेला सार्थकता पाएको छ ।
कृषि उत्पादनलाई बृहत पार्न उनले अभियान मार्फत नयाँ प्रविधिको समेत प्रयोग गर्दै आएका छन। अभियान मार्फत संचालित आधुनिक मेसिन र औजार स्थानीय कृषकलाई सहुलियत दरमा प्रयोग गर्न दिइरहेका छन। कृषि क्रान्ति र युवा स्वरोजगार मार्फत देश उन्नति तर्फलाग्ने घारणा राख्ने न्यौपानेले बार्षिक १५ लाखको बराबरको श्रमिकको प्रयोग गर्दै आएका छन। काम सँगसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छन न्यौपाने ।