मोरङ । मोरङको उर्लाबारी नगरपालिकाको गाडी दिनैपिच्छे कार्यालय समय सकिए पछि विराटनगर हुँईकिने गरेको पाइएको छ ।
उर्लाबारी नगरपालिकामा रहेका ३ वटा गाडी मध्ये कर्मचारीले प्रयोग गर्दै आएको कालो रगको को १ झ ५७० नम्वरको गाडी दैनिक कार्यलय समय पश्चात विराटनगर जाने र राति गाडी मात्रै फर्कने गरेको छ । यो क्रम निरन्तर केही दिन यतादेखी चलिरहको नगरपालिका स्रोतले बताएको छ ।
नगरपालिकाले इन्धनको प्रयोग घटाउने भनेको भएतापनि नगरपालिकाका कर्मचारीले विभिन्न वहानामा गाडिको दैनिक प्रयोगलाई कार्यालय समय भन्दा बाहीर निजी र घरयासी काममा प्रयोग गर्दै आएको पाइएको छ ।
विराटनगरमा घर भएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिघिरे र पालिकाको जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सीनाले बढी मात्रामा नगरको गाडी व्याक्तिगत र घरयासी काममा प्रयोगमा ल्याउने गरेको स्रोतले बताएको छ । भने पालिका उपप्रमुख मिना पौडेलले पनि नगरपालिकाको को १ झ ५०० नम्वरको गाडी लिएर आफन्त भेटघाट पार्टीको कार्यक्रममा जाने गरेको स्रोतले जानकारी दियो ।
सोमबार करिव ५ बजेको समयमा निमित्त प्रमुख र जिन्सी शाखा प्रमुखलाई बोकेर विराटनगर हुईकिएको गाडी मोरङको कानेपोखरीमा भेटिएको थियो । भने सो गाडी राति नै उर्लाबारी फर्किएर विहान उनिहरुलाई लिन विराटनगर जाने गर्दछ ।
दैनिक जसो गाडीको अनाधिकृत प्रयोग गर्दै आएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत घिमिरेलाई हामिले गाडी के का लागि दैनिक विराटनगर जाने गरेको हो सर भनेर बुझ्दा घिमिरेले भने-‘काम पर्दा जान्छ नि’ भन्ने उत्तर दिदै छेउमा रहेका अर्का कर्मचारीलाई भन्दै थिए “देख्नु भो‘त अव” भन्दै थपकुराकानी गर्न चाहेन्न् ।
घिमिरेकै भाषामा भन्ने हो भने काम पर्दा जाने सो गाडी के कामका लागि दैनिक विराटनगर जाने आउने गर्दछ भन्ने कुरा खुल्न सकेन । स्रोतका अनुसार हाल नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र प्रमुख प्रशाशकिय अधिकृत अग्नि प्रसाद अधिकारी काठमान्डौ गएको मौका छोपेर विराटनगर घर भएका घिमिरे पारीवारीक कामका लागि गएको सुचना प्राप्त भएको हो ।