वाइसिएल मोरङ इन्चार्जमा मगर

२०७९ आश्विन २, आईतवार
पढ्ने समय : < 1 मिनेट

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल मोरङको इन्चार्जमा दिपक आले मगर चयन भएका छन।
वाईसिएल नेपाल दोश्रो राष्ट्रिय भेलाबाट निर्वाचित  केन्द्रिय निकायहरू र   निर्वाचित कमिटीको  प्रथम बैठकले मगरलाई कार्यविभाजन अन्तरर्गत मोरङ जिल्ला इन्चार्ज तोकेको हो।

गत शुक्रबार  वाइसीएल केन्द्रीय कमिटीका  अध्यक्ष  सुबाेधराज सेर्पालीकाे अध्यक्षतामा बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको थियो।
बैठकमा  संगठनका ईन्चार्ज तथा  माओवादी केन्द्र पाेलिटब्युराे सदस्य  रामप्रसाद सापकोटा (दिपशिखा)को समेत  बिशेष उपस्थितिमा रहेको थियो । बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरु आन्तरिक संगठनात्मक सर्कुलर मार्फत जानकारी दिने कमिटिले  बताएको छ ।
मगर वाइसीएल नेपालको केन्द्रिय सदस्यमा गत शुक्रबार निर्वाचित भएका हुन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय