निलम सहकारीको अध्यक्षमा प्रभु राई

२०७९ आश्विन ५, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी | मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको निलम बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रभु राई अध्यक्ष बनेका छन्।
सस्थामा बुधबार भएको १० औँ साधारण सभाले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
२०६९ सालमा स्थापना भएको सहकारीले आप्mनो चौथो चुनावी साधरण सभाबाट राई सहित उपाध्यक्षमा कृष्णराज गिरी, सविच सञ्जिव बुढाथोकी, कोषाध्यक्ष रमेश श्रेष्ठ सदस्यहरुमा विनी चेम्जोङ लिम्वु, कृष्ण धिमाल र सुमन कार्कीलाई चयन गरेको छ भने लेखा समिती संयोजकमा दिनेश परियार, सविना धिमाल र कमल धिमाललाई चयन गरेको छ ।
८ सय ५८ जना शेयर सदस्य रहेको सस्थाले सहकारीमा आवद्ध सदस्यहरुका लागि १४ प्रकारका बचत खाता र ५ शिर्षकमा ऋण लगानी गर्दै आएको सस्थाका सचिव सञ्जिब बुढाथोकीले बताए ।
सस्थामा आवद्ध शेयर सदस्यहरुको व्यावसायिक अभिवृद्धिका साथै सामाजिक र आर्थिक उपार्जनमा सहयोग गर्ने उद्देश्यका साथमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७८/७९ मा १ करोड भन्दा बढी लगानी गरेर १९ लाख भन्दा बढी आम्दानी गरेको छ भने आर्थिक वर्ष २०७९/८० मा २८ लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य सस्थाले लिएको सचिव बुढाथोकीले बताए ।
सस्थाका निर्वतमान अध्यक्ष रुमन थापामगरको अध्यक्षतामा सम्पन्न साधारण सभाले उत्कृष्ठ बचत कर्ता, उत्कृष्ठ ऋणी, बाल बचत कर्ता, उत्कृष्ठ जेष्ठ सदस्य बचतकर्तालाई सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष भिष्मराज बुढाथोकीले सहकारी सस्थाहरु सहकारीको निति, नियम र पद्धतिमा रहेर चले हाल बजारमा सहकारीका सवालमा उठेका प्रश्नहरु र सहकारी प्रति आम मानिसले गरेको विश्वास कायम रहने बताए । साथै उनले सहकारीले सवै सदस्यहरुलाई काखापाखा नगरी एउटै निती नियममा रहेर व्यावहार गर्नु पर्ने पनि औल्याए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय