आफ्नै भोट हाल्न स्वतन्त्र छैनन् अपाङ्गता भएका व्यक्ति

२०७९ आश्विन १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

खगेन्द्र चौहान/ मधुमल्ला
मिक्लाजुङ गाउँपालिका –६ का सीता (नाम परिवर्तन) ३४ बर्षकी भइन । उनी जन्मजातै अपांगताको सिकार भएकी हुन । हिनडुल गर्न सक्दीनन् । अपांगता भएका ब्यत्तिले किन ब्या गर्नु पर्योह भन्ने सामाजीक बाध्यताले उनलाइ बिहे गर्न छेक्यो । घरमा एक्लै बस्ने सीतालाइ यही समाजले भोट हाल्न पाउने अधिकार समेत खोसेको छ ।
आफुले रोजेको उमेद्वारलाइ चुन्न पाउनुको त परकै कुरा भोट खसाल्ने स्थान कस्तो हुन्छ भन्ने पनि देखेकी छैनन् । मलाइ पनि भोट लगाउने ठाउँमा लैजाउ न भन्दा किन जानु पर्यो ? हामि भोटहालेर आइहाल्छौ नि, तँलाइ किन चाहियो भोट, हिन्न नसक्ने मान्छे भन्दै पन्छिन्छन ।

त्यस्तै अर्का हुन मानबहादुर (नाम परिवर्तन) । ह्विलचीयर प्रयोग गर्छन । उनी २०६४ सालको निर्बाचन देखिनै मतदान स्थल जाने गरेका छन । तर एक पटक बाहेक भोट खसालेको सम्झना छैन । कारण उनको ह्विलचीयर मतदान स्थल सम्म जान मिल्ने गरि बनाइएको हुँदैन ।
त्यस्तै अर्का हुनुहुन्छ अर्जुन, उहाँको पनि परिवर्तीत नाम हो । उनी दृष्टिबिहिन हुन । उनले प्रतेक निर्बाचनमा भोट हालेका छन । उनका परिवारले भोट लगाउन मद्दत गर्छन तर उनले आफुले चुनेको ब्यत्तिलाइ भोट हाले नहालेके पत्ता पाउँदैनन् ।

त्यस्तै गरि अर्का हुन हनुमान (नाम परिवर्तन) उनी बहिरा । उनले मतदान स्थलमा गएर भोट त हाल्छन तर उनलाइ केहि पनि थाहा हुँदैन । उनले निर्बाचन भनेको के हो, भोट किन हाल्ने भन्ने बिषयको जनाकारि बिनानै गएर मतदान गर्छन । बहिरा ब्यत्तिलाइ सुचना बुझ्न गाह्रो छ । सांकेतिक भाषाको प्रयोग कहिँपनि हुँदैन । त्यस्तै बौद्दिक अपांगताको त हिसाब किताब नै गरिदैन ।
के मतदान स्थल र मत हाल्न पाउँने अधिकार सवालङ्गको मात्र हो ? हिड्न नसक्ने ब्यत्तिले मत हाल्न नपाउने ? मैले मत खसाल्दै गर्दा यो उमेद्वारलाइ भो हाले भन्ने उसले थाहा पाउदा के हुने ? अनि समाजका बहिरा ब्यत्तिले निर्बाचन सम्बन्धि जानकारी पाउने अधिकार खोइ ? साङ्केतिक भाषा र ब्रेललिपि भनेको प्रयोगमा ल्याउन पर्दैन ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय