 
							
							उर्लाबारी उद्योग वाणिज्य संघले आयोजना गरेको बडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ।
उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आज संघको सभाहलमा सम्पन्न भएको हो । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारी संघले नगरभित्र रहेका विभिन्न संघ संस्था, व्यवसायी , राजनीतिक दलका प्रतिनिधिहरु,सुरक्षाकर्मी र पत्रकार बिच शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष यमलाल रसाइलीको अध्यक्षता, तथा उर्लाबारी नगरपालिकाका प्रमुख मेयर गंगा खरेलको प्रमुख आतिथ्यता रहेको थियो।
मेयर खरेलले पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कायक्रममा बोल्दै प्रमुख अतिथि खरेलले उर्लाबारी उद्योग बाणिज्य संघले आफ्ना उद्योगी, व्यवसायी र ब्यापारीको हकहितका कामका साथ साथै संघले विभिन्न समाजिक क्षेत्रमा समेत उल्लेख्य भुमिका खेलेको बताउनुभयो ।
चाडपर्वलाई मर्यादित तवरले माउन र एक-अर्का प्रति सद्भाव बढाउन संघले कार्यक्रमको आयोजना गरि सकारात्मक भुमिका खेलेको उहाले बताउनु भयो।
नगरप्रमुखले सम्पुर्ण नगरवासीलाई शुभकामना समेत दिनुभएको थियो ।
आउदै गरेका चाडपर्वहरुमा हुने बिकृतीको रोकथाम तथा जनचेतनामूलक कार्यक्रममा नगरले संघ संग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभएको थियो ।
सो अवसरमा नगर उपप्रमुख मिना पौडेल तथा विभिन्न वडाका वडाध्यक्षहरु, संघ सस्थाका प्रतिनिधिहरु, व्यवसायी तथा संघका प्रतिनिधिहरुले आफ्ना भनाईहरु राखेका थिए।
 थिए।


 
								 
															 
															 
															 
															 
															 
															 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								