परम्परागत पिङ संरक्षणमा जुट्यो रतुवामाइको राईजिङ युथ क्लब

२०७९ आश्विन १७, सोमबार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई– मोरङको रतुवामाई नगरपालिकाका  युवाहरु पिङ संरक्षणमा जुटेका छन् । रतुवामाई वार्ड नं. १० राईटोलमा रहेको  राईजिङ्ग युवा क्लवमा आवद्ध युवाहरुले हराउँदै गएको परम्परागत पिङ निर्माण गरेका हुन् ।

‘आज भन्दा ३०–४० बर्ष पहिले टाढा–टाढाका मान्छे पिङ खेल्न विभिन्न ठाउँमा जाने, आउने गर्थे’,  बिचमा लामो समय पिङ लगाउन बन्द भयो, अहिले युवाहरुले  त्यो परम्परा जोगाउनु लागि परेका छन  ।

नेपालीहरुको महान पर्व विजया दशमी शुरु भइसेको छ । दशैका मुख्य आकर्षण मध्ये पिङ पनि एक हो । असत्य माथि सत्यको बिजय भएको खुसियालीमा पिङ खेल्ने रम्परागत मान्यता छ । सोही अनुरुप दशैमा एक पटक भएपनि पिङ खेलेर धर्ति छोड्नु पर्छ भन्ने गरिन्छ ।

विभिन्न समयमा सामाजिक काममा सक्रिय  राईजिङ्ग युवा कल्बले नेपाली चार्ड पर्वमा हुने बिकृती रोकथामका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
आगामी दिनमा समेत जनचेतनामूलक र समाजकल्याणका कार्यक्रम ल्याउने राईजिङ्ग  युवा कल्बका संरक्षक सन्जय राईले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय