मोरङको रतुवामाई नगरपालिका ९ ठकठकेमा लोकतान्त्रिक बाम गठबन्धनका नेता,कार्यकर्ता भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ्।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित छलफल कार्यक्रम मोरङ क्षेत्र नम्बर २ मा तिब्र रुपमा चलेको हो । गठबधनलाई सशक्त रुपमा अगाडि बढाउन कार्यक्रम गरिएको नेपाली काँग्रेस नगरसभापति पोष्ट बस्नेतले जानकारी दिएका छन्।
कार्यक्रम मा बोल्दै स्थानिय रमेश खडकाले भने “गठबन्धनलाई परिपक्क बनाएर काँग्रेस माओबादी र अन्य गठबन्धका दल एकजुट हुन सके नतिजा सकारात्मक छ्।त्यसैले सबै मतदात कार्यकर्ता गठबन्धनको पक्षमा उभिनुपर्छ्।”
कार्यक्रममा मोरङ २ प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेस नेत्री सुजता कोइराला र प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका माओबादीका नेता गणेश उप्रेति (शुशिल) ले आफ्ना भनाईहरु राख्नु भएको थियो।