उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न

२०७९ कार्तिक ३०, बुधबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ३० कार्तिक

उर्लाबारी नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट आर्थिक वर्ष २०७९।०८० को प्रथम चौमासिकमा भए गरेका विकासनिर्माण एवम् सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सञ्चार क्लब नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो

सार्वजनिक सुनुवाईमा सहभागीहरुले विभिन्न प्रश्न सुझाव प्रस्तुत गरेका थिए मावा खोला तटबन्धन, उर्लाबारी बसपार्क, फोहोरव्यवस्थापन, दुव्र्यसनी, सहकारी, कृषि, ढल निकास, शिक्षा, व्यापारलगायतका विषयमा जिज्ञासा राखेका थिए कार्यक्रममा जनतासमाजवादी पार्टी नेपाल उर्लाबारीका अध्यक्ष मात्रिका धिमालले जनप्रतिनिधिहरु पार्टीको मात्र प्रतिनिधि भएको बताए उनलेपहिलो जाति घोषणा भएको धिमालहरुलाई नगरपालिकाले उपेक्षा गरेको बताए

सो अवसरमा खेमराज कोइराला, जनक खड्का, मणिराज दाहाल, गायत्रा भट्टराई, जीवप्रसाद कट्टेल, भीमबहादुर राउत, नरेशबराइली, जीवन बस्नेत, दुर्गाप्रसाद खतिवडा, धर्मानन्द कार्की, डिल्ली खतिवडा, केदार चौहान, रुद्रबहादुर तामाङ, इन्द्रबहादुरदाहाल, शेरबहादुर भण्डारी, टिका अधिकारी, पुजन दासलगायतले प्रश्न राखेका थिए

सहभागीहरुको प्रश्नको जवाफ दिँदै नगर प्रमुख गंगाप्रसाद खरेलले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए उनले एक हजारनौ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय भएको बताउँदै हेल्प डेस्क नराख्ने वडा कार्यालयलाई नराख्नुकोकारण सोधी कार्यान्वयनमा जाने बताए

उनले फोहोरमैलाको उचित व्यवस्थापन गर्न लागिपरेको बताउँदै डुबानमुक्त उर्लाबारी बनाउने अभियानमा लागेको बताए असारेविकासलाई रोक्न जेठ मसान्तसम्ममा सबै योजनाका कार्य सम्पन्न गर्ने जनाउँदै उनले समृद्ध उर्लाबारी बनाउन सबैको साथ सहयोगआवश्यक रहेको बताए सरकारी विद्यालयको गुणस्तर सुधारको प्रयास थालनी भएको नगर प्रमुख खरेलले बताए उनले भने, ‘पाँच वर्षभित्रमा उर्लाबारीका सरकारी विद्यालयमा हाम्रा नानीहरु पढ्न पाउनु पर्छ भन्ने अभिभावकको गुनासो सुनिने

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चार महिनामा भए गरेका कार्यहरुको प्रगतिविवरण पेश गरेका थिए नगरको विकासका लागि अल्पकालीन दीर्घकालीन योजना बनाएर अघि बढेको उने बताए नगरउपप्रमुख मीना खतिवडा पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलेगरेका थिए सहभागीहरुको प्रश्नको जवाफ वडा नं. का वडाध्यक्ष राजन कँडेलले पनि दिएका थिए उर्लाबारी नगरपालिकामोरङमै पहिलो पटक चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय