किरात राईहरुको साकेला पर्व रतुवामाईमा धुमधाम सम्पन्न

२०७९ मंसिर २४, शनिबार
पढ्ने समय : 2 मिनेट

 

दिपक बास्तोला/ रतुवामाई

किरात राईहरुको साकेला पर्व मोरङको रतुवामाई १० मा धुमधामका साथ मनाईएको छ।
नगरपालिकाको वार्ड नं, १० राईटोल स्थित किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाँच्दै, किराती जिवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै साकेला मनाएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रतुवामाई नगरपालिका प्रमुख नागेश्वर प्रसाद सिंह, विशिष्ट अतिथि वडाध्यक्ष आशिष कार्की, किरात नगर समिति अध्यक्ष हस्त बहादुर राई, शिक्षक देबेन्द्र राई लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व राईटोल किरात समितीका अध्यक्ष राम कुमार राईले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन किरात राई धर्म संरक्षक तथा सामाजिक अभियान्ता संञ्जय राईले गर्नुभएको थियो।

किरात राई समुदायमा साँस्कृतिक एवम् धार्मिक तवरले छुट्टै अस्तित्व बोकेको यो चाडलाई भातृत्व, भाइचारा तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रुपमा मनाउदै आएका छन् । उनीहरूले मौलिकतालाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा मनाउदै आएका छन् । गर्मी समय सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो समय सुरुभएसंगै सित छल्न बेसी झर्ने आफ्ना पीत्रीहरुको सम्झनामा साकेन्वा मनाउने गर्दछन् । यतिबेला गर्मी छल्न बेसीवाट लेक चढ्ने आफ्ना पित्रीहरु नाच्दै, उफ्रदै चढ्ने विश्वासमा साकेन्वा सिली नाच्दै मनाइएको छ ।
यसैगरी अन्नबाली लगाउने बेलाको उँभौली र भित्राउने बेलाको उधौली गरी बर्षमा दुई पटक साकेन्वा मनाउने गरिन्छ । बैशाखे पूर्णिमाको अवसरमा अहिले यो समुदायले उभौली साकेन्वालाई अन्नबाली लगाउने अवसर पारेर मनाईरहेका छन् । किरात समुदायले बर्षभरीका दुःख पिडालाई बिर्सदै किराती जिवनशैलीलाई शिलीमार्फत प्रस्तुत गर्दै एकआपसमा जमघट गर्ने थलोका रुपमा यस साकेन्वालाई मान्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय