विमान दुर्घटनामा मृत्यु भएकाको आत्मा शान्तीको कामना गर्दै अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन

२०७९ माघ ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाईनका यात्रुहरुको आत्मा शान्तीको कामना गर्दै अखिल क्रान्तिकारी रतुवामाईले आज दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।विमान दुर्घटना परी चालक दलसहित ७२ जनाले ज्यान गुमाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य तथा उर्लाबारी बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष थानेस्वर अधिकारी (आकाश ) रहेका थिए।त्यस्तै

विशिष्ट अथिती अखिल क्रान्तिकारी रतुवामाई नगर कमिटी अध्यक्ष सन्तोष थापा,
अथितीहरु अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य अनिल अधिकारी,सुजन कार्की,
दिपेन्द्र बराइली लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको आयोजना अखिल क्रान्तिकारी रतुवामाई नगर कमिटीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय