छैटौँ भोजपुर ट्रेलरेसको उपाधी राईलाई

२०७९ चैत्र २०, सोमबार
पढ्ने समय : 2 मिनेट

भोजपुर ।
विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नयाँ खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको उपाधि उमेश  राईले हात परेका छन् ।
अल्ट्रा धाविका मिरा राईको सम्मान स्वरुप उनकै जन्मस्थल सानोदुम्मामा भएको ५० किलो मिटर दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार गरी प्रथम बन्न सफल भएकाहुन । यस्तै रेसमा क्रमश तेह्रथुमका सरोज राई, सोलुखुम्बुका सुमन कुलुङ राई, ताप्लेजुङका दिपक राई, सोलुखुम्बुका प्रशन राई, रुकुमका दुर्गराज बुढा र संखुवासभाका सन्देश राइदोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ बनेका हुन ।
यस्तै महिला तर्फ भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईले ७ घण्टा ५४ मिनेमा दुरी पार गरी प्रथम भएकी छिन् । यस्तै सिन्धुपाल्चोककी नितु तामाङले ८ घण्टा २६ मिनेटमा पार गरी दोस्रो र भोजपुरकी जुलीन राईले ८ घण्टा ३० मिनेटमा पार गरी तेस्रो बनेकी हुन् ।दुवै समूहतर्फ प्रथम देखि सातौंसम्मका बिजेतालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । रेस ५० किलोमिटर र १० किलोमिटरको गराईएको छ । १० किलो मिटरको रेमा भने ताप्लेजुङका अमिर लिम्भु प्रथम भएका छन् ।
यस्तै भोजपुरकाम तान्चोहाङ दोस्रो, सिन्धुपाल्चोकका मिङमार तामाङ तेस्रो, भोजपुरका कुलबहादुर बस्नेत चौथो र भोजपुरकै प्रसान्त राई पाँचौ भएका छन् । १० किलोमिटर रेसमा पनि पुरुष र महिलाको दुवै विधामा प्रथमलाई १० हजार, दोश्रोलाई ५ हजार, तेश्रोलाई ४५ सय, चौथोलाई ४ हजार र पाँचौंलाई ३५ सय नगर, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
यस रेसमा खेलाडीहरुको मनोबल बढाउन तथा दौड प्रतियोगितालाई हौसला प्रदान गर्न नेपालका चर्चित म्याराथुन धावक तथा साउथ एशियन गेममा ३ वटा गोल्डमेडल विजेता बैकुण्ठ मानन्धरको पनि उपस्थिति रहेको थियो । ट्रेलरेसलाई रोचक बनाउन समापन कार्यक्रममा चर्चित हास्यकलाकार उमेश राई ‘फुलन्देको आमा`गायिका श्रेया राई, गायक ताराबिर पाण्डे, मिलन खत्री, चुप्पी डन लगायत कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय