रतुवामाईमा कृषि महोत्सव २०८० हुने

२०७९ चैत्र २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई |

इटहरा एकता क्लब रतुवामाईको आयोजनामा  १५ दिने प्रथम रतुवामाई कृषि महोत्सव हुने भएको छ।

नगरपालिका ८ इटहरामा आगामी बैशाख ३ गते देखि १८ गते सम्म १५ दिन रतुवामाई कृषि महोत्सव चल्ने छ। उक्त प्रदर्शनीमा कृषि औजारहरु देखि कृषि उत्पादन, प्रशोधन र वजारीकरणका विषयहरु समेटेर विभिन्न स्टलहरु राखिने कार्यक्रम संयोजक धावा लामाले आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

जस्मा कृषि औजारहरु, दुग्ध उत्पादन, मह उत्पादन, माछा पालन, तरकारी खेती,र केरा खेती, च्याउ खेती, लगायत कृषि सहकारीका वित्तीय अवस्था, उत्पादन झल्काउने कृयाकलापहरु प्रस्तुत गरिनेछ । कार्यक्रम प्रत्येक दिन बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुनेछ।

कार्यक्रमलाई रोचक बनाउन विभिन मनोरञ्जनात्मक प्रस्तुति समेत रहने आयोजकले बताएको छ। नगरको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने बजारीकरण गर्ने मेलाको मुख्य उद्देश्य रहेकाले सबै कृषकको उपस्थिति र सहभागीताका निमित्त कल्बका अध्यक्ष महेन्द्र ठाकुरले सबैलाई अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय