रतुवामाई । मोरङको रतुवामाई नगरपालिका – १० स्थित लक्ष्मीचोकमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । श्री शान्ति युवा क्लबको आयोजनामा क्लबले निर्माण गरेको स्थानीय खेल मैदानमा यही बैशाख २२ गतेदेखी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । बुद्ध जयन्तीको अवसर पारेर कोशी प्रदेश खेलकुद विकाश समितिको आर्थिक सहयोगमा हुन लागेको आयोजक क्लबका अध्यक्ष खेमराज प्रधानले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले रु ५१ हजार र उपविजेताले रु ३१ हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव सुमन कार्कीले जानकारी दिनुभयो । यस्तै बिभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहनेछ ।