सामाजिक कार्यमा अग्रसर सन्जय राईद्वारा खेलाडीहरुलाई जर्सी प्रदान

२०८० बैशाख २१, बिहीबार
पढ्ने समय : < 1 मिनेट

मोरङको रतुवामाई नगरपालिका १०, घरभई हाल युएई बस्ने समाजसेवी सन्जय राईको आर्थिक सहयोगमा रतुवामाई १० का फुटबल खेलाडीहरुलाई जर्सी प्रदान गरिएको छ।

यहि बैशाख २२ गते बाट शुरु हुन लागेको रतुवामाई वडास्तरीय फुटबल प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १३ खेलाडीहरुलाई रतुवामाई नगरपालिका वार्ड नं, १० को राईजिङ युथ क्लब मार्फत युवा तथा खेलकुद समिति वार्ड नं १० लाई जर्सी प्रदान गरिएको हो।

जर्सीहरु ग्रहण गर्दै युवा तथा खेलकुद समिति अध्यक्ष अम्बिका राईले खेलाडी र खेलकुदको बिकासका लागि सहयोग प्रदान गर्ने सन्जय राई प्रती कृतज्ञता प्रकट गर्नुभएको छ। सबैजनाले आ-आफ्नो क्षेत्रको बिकाशमा जुट्ने भने खुलकुद संगै अन्य बिकासका पाटाहरु समेत मजबुत हुने बताउनुभएको छ।

खेलकुद समितिलाई राईजिङ युथ क्लबका प्रतिनिधि बिबेक राईले जर्सीहरु हस्तान्तरण गर्नुभएको थियो। सामाजिक कार्यमा सकृय सन्जय राई राईजिङ युथ क्लब रतुवामाईको संरक्षक समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय