मोरङको उर्लाबारी नगरपालिका ९ मा प्रथम किशोर मुर्मु स्मृति कप फुटबल प्रतियोगिता हिजोबाट शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा मदरगाछ फुटबल कल्ब झापाले बिजयी शुरूवात गरेको छ। रतुवामाई नगरपालिकाको टिमलाई एकका विरुद्ध २ गोलले पराजित गर्दै मदरगाछले बिजयी शुरुवात गरेको हो।
यसैबिच न्यु सृजना कल्ब महाराजस्थान उर्लाबारी -९ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले गर्नु भएको थियो।
न्यु सृजना कल्बका सदस्य समेत रहेका खेलाडी मुर्मुको स्मृति तथा स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ खेल आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा उपाधी चुम्म्ने टिमले नगद रु ५१ हजार पुरस्कार ,कप, मेडल, प्रमाणपत्र हात-पार्नेछ। त्यस्तै उपबिजेताले नगद रु २५ हजार पुरस्कार,कप,मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिता अवधिभर सर्वोउत्कृष्ट खेलाडी,गोलकिपरलाई विशेष पुरस्कारको ब्यवस्था गरिएको छ।
सर्वाधिक गोलकर्ता साथै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित खेलाडीलाई रु १ हजार सहित पुरस्कृत गरिनेछ। कल्बका अध्यक्ष सुमन छाराहाङ्ग राईको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी,बिशिष्ट अतिथी उर्लाबारी नगरपालिका वार्ड नं-९ का अध्यक्ष नर बहादुर मोक्तान लगायत राजनीतिक द्लका प्रतिनिधि, पत्रकार, स्थानीय खेलप्रेमी लगायतको उपस्थिती रहेको थियो। त्यस्तै दोश्रो चरणमा संचालन भएको शान्ति नगर फुटबल कल्ब र बालुवाथान फुटबल कल्ब बिचको खेला बराबरी पश्चात् ट्राईबेकर मार्फत नतिजा नआएपछि ट्रच मार्फत नतिजा निकालिएको थियो। जस्मा बालुवाथान कल्बले सफलता पाएको छ। आज दिउँसो २ बजे बाट दुई खेल संचालन हुने आयोजकले जानकारी दिएको छ