बालुबथानले चुम्यो प्रथम किसोर मुर्मु स्मृति नकाउट फुटबलको उपाधि

२०८० जेष्ठ १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । प्रथम किसोर मुर्मु स्मृति नकाउट फुटबलको उपाधि बालुबथान फुटबल क्लब गौरादहले जितेको छ।
उर्लाबारी-९ को सिमानामा रहेको बालुबथान खेल मैदानमा आज भएको फाइनल खेलमा रियल स्टार फुटबल क्लब दमकलाई सडनथेमा हराउदै उपाधि चुमेको हो । उपाधिसङ्गै बालुबथानले नगद ५१ हजार ट्रफि मेडल पाएको छ भने उपबिजेता रियल स्टारले दमकले नगद २५ हजार ट्रफि मेडलमा चित्त बुझायो ।

दमकका निर्जल बोहोराले पहिलो हाफ इन्जुरि समयमा गरेको गोल बालुबथानका
बिराज बोहोराले दोस्रो हाफ इन्जुरि समयमै गोल गर्दै बराबरिमा ल्याए। निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

टाईब्रेकरमा पनि बराबर पछि खेलको अन्तिम निर्णय सडन डेथबाट लिईएको हो । खेलमा बेष्ट गोल रक्षक बालुबथानका सुमन लिम्बु, बेष्ट
डिफेन्स रोशन धिमाल बालुबथान,
बेष्ट मिल फिल्ड दमकका बादल तामाङ,
बेसट स्टाईकर रहाईस्कोर दमकका निर्जल बोहोरा घोषित भए ।
खेलको म्यान अफ द सिरिज बालुबथानका आशिस लावतिले प्राप्त गरे ।
बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी ९ का बडा अध्यक्ष नरबहादुरमोक्तान, वडा सदस्य गणेश किम्दाङ राई, रतुवामाई-१० का वडा अध्यक्ष भुलबहादुर कार्की आशिस लगायतले पुरस्कार बितरण गरे ।
पुर्ब खेलाडी किसोर मुर्मुको स्मृतिमा जेठ ९ गतेदेखि आयोजित यस प्रतियोगितालाई आगामी दिनमा पनि यस्तै साथ सहयोग पाए निरन्तरता दिने आयोजक आयोजक क्लबका अध्यक्ष सुमन राईले जानकारी दिए।
कार्यक्रमको सन्चालन रोसन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय