उर्लाबारीका चर्चित व्यवसायी हुन, नुतन राई किराँत । सामाजिक काममा पनि सक्रिय नुतन प्रथम मिरिक रोड रनिङ प्रतियोगिताको भब्य बनाउने तयारीमा जुटिरहनुभएको छ । यही फस्ट अक्टोबरमा हुने रनिङ प्रतियोगिताको पूर्वसन्ध्यामा उहाँकै नेतृत्वमा मिरा राई फाउण्डेसन र उर्लाबारीका रनरहरुले सहभागी जनाउँदै छन । राईसँग ५० जना रनरहरु सहित गायक तराबिर पाण्डे र नन्दु गुरुङ जाँदैछन् । अन्तराष्ट्रिक अल्ट्रा धावक मिरा राईको कार्यक्रम बिषेश आतिथ्यता रहने नुतन राईले बताउनुभयो। सो कार्यक्रम तथा त्यहाँको पर्यटन र सौन्दर्यता पिके स्टुडियो टिमले ड्रोन सहित छाँयाङ्न गर्नेछ । पत्रकार दीपक बास्तोला र पुजन दासले स्थलगत रिपोटिङ गर्नेछन् ।
रनिङ प्रतियागिता आयोजक समितिका संयोजक ज्ञानेन्द्र गुरुङका अनुसार भारत, नेपाल र भुटानका एक हजार बढी प्रतियोगीले सहभागिता जनाउने लक्ष्य लिएको छ ।प्रथम मिरिक रोड रनिङ प्रतियोगिता १० किलोमिटरको रहने छ भने विद्यालयका विद्यार्थीहरुका लागि ३ किलोमिटर रनको पनि आयोजना गरिएको सचिव दिलिपराज राईले जानकारी दिनुभयो । खुल्लातर्फको विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै ३६ वर्ष उमेरदेखी ४९ वर्षसम्मकालाई र ५० वर्ष माथिकाका लागि पनि रनिङ आयोजना गरिएको छ । प्रतियोगिताको इभेन्ट एम्भबेस्टरमा विश्व अल्ट्रा धावक मिरा राई रहनुभएको छ ।मिरिकको पर्यटन र सांस्कृति पहिचानका लागि पहिलो पटक प्रथम मिरिक रोड रनिङ प्रतियोगिता आयोजना गरिन लागेको हो । प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, व्यवसायी, संघसंस्था, विद्यालय कलेज सबै लागिपरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट पनि सयौँ प्रतियोगी मिरिक जाने तयारी रहेको भोजपुर रन आयोजना गर्दै आएको मिरा राई फाउण्डेशनका कोषाध्यक्ष समेत रहनुभएका नुतन राईले बताउनुभयो ।