मिरिक रनको उपाधी बिकास र सबिनालाई

२०८० आश्विन १६, मंगलवार
पढ्ने समय : 2 मिनेट

भारतको मिरिकमा गत आइतबार आयोजित मिरिक १०-के रनको उपाधी भारतकै बिकास भुजेल र सबिना राईले हात परेका छन।

महिला र पुरुषको मुख्य प्रतिस्पर्धामा क्रमश महिला तर्फ सबिना राईले निर्धारित १० किलोमिटर दुरी ४३ मिनेटमा पार गर्दै उपाधी जितेकी हुनभने पुरुष तर्फ बिकास भुजेलले ३४ मिनेटमा निर्धारित दुरी पारगरी उपाधी हात पारेका थिए।
पुरुषतर्फको १० कि.मि रनमा विवेक छेत्री दोश्रो र पुरन राई तेश्रो बनेका थिए।
खुल्ला महिला तर्फ संजिता ओरन दोश्रो बनिन भने बन्दना सुब्बाले तेश्रो स्थान हासिल गरेकी थिइन।
पुरुष ३४ -४९ बर्ष उमेर समुहमा प्रबेश तामाङ प्रथम बने त्यस्तै ५०-९९ बर्ष उमेर समुहमा सुबन सुब्बाले जित हासिल गरेका थिए।
त्यस्तै महिला ३६-४९ बर्ष उमेर समूह अन्तर्गत सरस्वती राई प्रथम बनिन भने ५०-९९ उमेर समूह बुला मन्डलले जित हासिल गरेकी थिइन।

 


यस दौडमा बिशेष गरि मिरिक लगायत नेपाल भारतका सयौ धावकहरुले भाग लिएका थिए।

नेपालको प्रतिनिधित्व गर्दै मिरा राई फाउन्डेसनका कोषाध्यक्ष नुतन राईको नेतृत्वमा नेपाली धावकहरुले प्रतियोगितामा भाग लिएका थिए।

बालबालिकाका लागि ३ किलोमिटर जुनियर प्रतियोगिता र भेट्रानहरुका लागि १० किलोमीटर अन्तर्गतको रन संचालन भएको थियो।
खुल्लातर्फको मुख्य प्रतिस्पर्धाका विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै ३६ वर्ष उमेरदेखी ४९ वर्षसम्मकालाई र ५० वर्ष माथिका बिजेता खेलाडीहरुलाई समेत नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको मुख्य ब्रान्ड एम्बासडर नेपालकै चर्चित तथा अन्तराष्ट्रिय धावक मीरा राई रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि जीटीए चिफ अनित थापा थिए भने बिशिष्ट अतिथिहरुमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, कार्यकारी सभासद अरुण सिंगची, सभासद मिलेश राई, मिरिक पंचायत समिति सभापति कैलाश खवास, मिरिक एसडीओ सुदीप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमानी, रहनु भएको थियो भने कार्यक्रम आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय