धर्मगुरू आचार्य श्रीनिवासलाई रिहाई गर्न ॐकार सेनाको माग

२०८० आश्विन १७, बुधबार
पढ्ने समय : < 1 मिनेट

झापा। अभिव्यक्ति दिएको भन्दै प्रहरीर्ले धर्मगुरू आचार्य श्रीनिवासलाई पक्राउ गरेको घटनाप्रति ॐकार सेना नेपालले तत्काल रिहाई गर्न माग गरेको छ ।
सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएपछि ॐकार सेनाले बिज्ञप्ति जारी गर्दै तत्काल रिहाईको माग गरेको हो।

ॐकार सेनाले जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, देशको विभिन्न ठाउमा सनातन धर्मको बिरुद्धमा जातीय र धार्मिक युद्ध गराउने उदेश्यले गैरकानुनी रुपमा गाईगोरु काटेर भोज खादै सामाजिक सञ्जालमा खुल्लम खुल्ला भिडियो हाल्ने बिरुद्ध कानुनी उपचारमा राज्य लाग्नुको साटो आफ्नो बिचार व्यक्त गरेकै आधारमा राज्यबाट कायरता पूर्वक धर्मगुरु श्री श्री निवासाचार्य ज्यू लाई पक्राउ गरेको घटना प्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको हुदा धर्मगुरुलाई विना शर्त रिहाइ गर्न यस संगठन जोडदार माग गर्दछौ।

संगठनले विज्ञप्तिको बेवास्ता गरि राज्य निरंकुश भएमासशक्त प्रतिकार गर्ने चेतावनी दिदै उत्पन्न परिस्थितिको जिम्मेवार राज्य स्वयं हुने व्यहोरा जानकारी गराएको छ । उसले ॐकार परिवार एकीकृत भई निरंकुश राज्य बिरुद्ध आन्दोलन गर्न आह्वान समेत गरेको छ।
श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय