थारु समुदायले मनाउने जितिया पर्वको अवसरमा मोरङको रतुवामाईमा जितिया साँस्कृतिक कार्यक्रम २०८० भोलि शनिबार आयोजना हुने भएको छ।
नगरपालिकाको वार्ड नं, ९ ठकठकियामा रहेको जनता मा.विको प्राङ्गणमा जितिया साँस्कृतिक कार्यक्रम २०८० हुने भएको हो।
थारु समुदायको जितिया पर्वको अवसरमा थारु समाज रतुवामाईले कार्यक्रमको आयोजना गर्ने भएको हो।
समाजले बर्सेनि साँस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ।
कार्यक्रममा विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहने छ।
पछिल्लो समय पुर्वका स्टेजहरु तताईरहेका गायक नन्दु गुरुङले आफ्नो प्रस्तुति राख्ने छन।
गायक बुद्ध मुर्मु, हास्य कलाकार राकेश कमेडीले पनि आफ्नो प्रस्तुति राख्ने छन।
त्यस्तै रोजि डान्स सेन्टर उर्लाबारी र आयोजकको तर्फबाट विभिन्न विधाका नृत्यहरु समेत प्रस्तुत हुने आयोजक समितिका संयोजक नरेश धामिथारुले जानकारी दिनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंह रहनुहुनेछ भने बल बहादुर बस्नेतको बिशेष उपस्तिथि रहने छ।
कार्यक्रम भोलि बिहान ११ बजे देखि संचालन हुने आयोजकले बताएको छ।