उर्लाबारीको आम्बारीमा फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा गोर्खा मङलबारे बिजयी

२०८० आश्विन २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

गोर्खा मंगलबारे फुटबल क्लब माेरङकाे उर्लाबारीस्थित आम्बारीमा जारी नकाउट फुलबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आज देखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कानेपोखरी फुटबल क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पछि पार्दै गाेर्खा मंलबारे फुटबल क्लब उर्लाबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समय भरी दुबै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट अन्तिम निर्णय लिइएको थियो । टाइब्रेकरमा मङलबारेका ज्ञानु मगर,किरण शङ्खर,रोमन श्रेष्ठ, अनिस अधिकारी र रिजन मगरले गोल गरे ।
कानेपोखरीका तर्फबाट अस्मिन राई,अनिल चौधरी,पारस राई र रोमन मगरले गोल गरे भने काजिमान राईले प्रहार गरेको गोल मङलबारेका गोल रक्षक अशिम खड्काले बचाउ गरे । खेलको म्यान अफ द म्याच मङलबारेका गोल रक्षक अशिम खड्का घोषित भए ।
भोलिको शुक्रबार खेल बिएफसि पथरी र सहिद गेट केर्खा झापा बिच हुने आयोजक आम्बारी स्पाेटिङ क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।
खेलको उद्घाटन उर्लाबारी नगरपालिकाका उपमेयर मिना पौडेलले गरिन । फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी-९ का वडाअध्यक्ष नरबहादुर मोक्तान, वडा सदस्य गणेश किम्दाङ, प्रकाश कन्दङ्वा, उर्लाबारी-८ का वडाअध्यक्ष कुलबहादुर कार्की, राजघाट भेटरानका अध्यक्ष मानबहादुर थापा, समाजसेवी सबिता धिमाल, बिजय आङबुहाङ, मोरङ जिल्ला फुटबल क्लबका अध्यक्ष सन्जिब बुढाथोकी लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रमको सन्चालन बिजय धिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय