रतुवामाईमा खुल्ला मिनी म्याराथन दौड प्रतियोगिता हुने

२०८० आश्विन २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई

बुलेट गाईज कल्ब रतुवामाई १० ले कार्तिक ३ गते खुल्ला मिनी म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ।

रतुवामाई नगरपालिका– १० सोमबारेमा म्याराथन प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।

दौड जम्मा १० किलोमीटर दुरीको हुनेछ।

खेलको माध्यमबाट युवाहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास गरी राष्ट्रप्रति जिम्मेवार बनाउने लक्ष्यका साथ मिनी म्याराथुन प्रतियोगिता गर्न लागिएको हो।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद सहित मेडल, प्रमाणपत्र प्रदान गरिने छ।
सान्त्वना हुने तीन जनालाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय