उर्लाबारीमा जारी वडा स्तरीय भेट्रान च्यालेन्ज कप विवादमा

२०८० आश्विन २९, सोमबार
पढ्ने समय : < 1 मिनेट

२९ असोज/ उर्लाबारी
उर्लाबारीमा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० विवादित बनेको छ। हिजो आइतबार भएको तेस्रो दिनको खेलको बिजेता बनेको वडा न ३ भेट्रान टिमलाई प्रोटेक्स्न परे संगै खेल विवादित भएको हो।
आइतबार संचालन भएको वार्ड नं ३ र ७ बिचको खेलमा वार्ड नं ३ को टिमले अनिवार्य ५० बर्ष भन्दा माथिका एक खेलाडी खेलाउनु पर्नेमा उक्त उमेर समुहमा नपर्ने खेलाडी खेलाएको पाईएपछी वार्ड नं ७ ले प्रोटेस्ट जारी गर्दै प्रतियोगिता विवादित बनेको बताएको छ।
जारी प्रतियोगितामा वार्ड नं ३ सेमी फाईनल प्रवेश गरेको छ । वडा नम्बर ३ र ७ नम्बर वडाका भेट्रानबिच भएको खेलमा २-०को अन्तरले ३ नम्बर वडाको भेट्रान सेमी फाईनल प्रवेश गरेको हो ।मंगलबारे भेट्रान क्वलद्वारा गत शुक्रबारदेखी सुरु भएको प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० मा उर्लाबारीका ९ वटै वडाका भेट्रान टिमहरुको सहभागीता रहेको छन ।
वडा नम्बर २ को मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिताको फाईनल खेल आगामी कार्तिक ४ गते हुनेछ।
प्रतियोगिताको प्रथम र द्वितिय हुने टिमलाई क्रमश: ३० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडि, हाई स्कोरर र म्यान अफ दि सिरिज,उत्कृष्ट गोल किपर र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको चौथो दिनको खेेलमा सोमबार वडा नम्बर ४ र ६ का भेट्रान टिमबिच सालबारी खेल मैदानमा दिउँसो ३ बजेदेखी संचालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय