उर्लाबारी । गोर्खा एमएफसि मंगलबारे माेरङकाे उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकाउट फुलबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक
आम्बारी स्पाेटिङ क्लबलाई १-० गोल अन्तरले हराउदै गोर्खा एमएफसि मंगलबारे खेलको फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको २४ मिनेटमा वान भर्सेस वानमा
गोर्खा एमएफसि मंगलबारे खेलाडी दोर्जे तामाङले गरेको एक गोल नै जितको लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच गोर्खा एमएफसि मंगलबारेका गोलकर्ता रोनि लामा घोषित भए। भोलि मङलबारको अन्तिम सेमिफाइनल खेल बिआरसि पथरी र ब्रदस युनाईटेट उर्लाबारीबिच हुने आयोजक टिमका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए।