 
							
							उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा सम्पन्न खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि ब्रद्रर्स युनाइटेड उर्लाबारीले उचालेको छ । आज भएको फाइनल खेलमा एम एफ सि मङलबारेलाई २-० गोल अन्तरले पछि पार्दै ब्रद्रर्स युनाइटेड उर्लाबारीले उपाधि उचालेको हो ।
उपाधिसङ्गै ब्रद्रर्स युनाइटेड उर्लाबारीले नगद ३० हजार ट्रफि मेडल पायो भने उपबिजेता एम एफ सि मंगलबारेले नगद २० हजार ट्रफि मेडलमा चित्त बुझायो ।
ब्रद्रर्स युनाइटेड उर्लाबारीका जितका लागि सुबास तामाङले खेलको २२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको १९ औं मिनेटमा दिपेश थापा मगरले विजयी एक गोल गरे ।
एम एफ सि मङलबारेले गोल गर्ने धेरै अबसर सदुपयोग गर्न सकेन । ब्रदर्सले धेरै गोल गर्ने अबसरलाई एमएफसिका गोल रक्षक असिम खड्काले बारम्बार बिफल पारिदिए । यद्यपि, एमएफसिले उपाधि आफ्नो पक्षमा पार्न सकेन ।
खेलको म्यान अफ द म्याच ब्रदर्स युनाइटेडका सुबास तामाङ घोषित भए।
खेलको बेष्ट गोलरक्षक एम एफ सि मङलबारेका असिम खड्का, बेष्ट डिफेन्स एमएफसि कै मनिस धिमाल, हाइस्कोर आयोजक आम्बारी फुटबल क्लब सन्जय धिमाल घोषित भए । ब्रदर्सबाट बेष्ट मिड फिल्डरको पुरस्कार माल्दिना लिम्बु, बेष्ट फरवर्ड सन्तोष न्यौपानेले पाए ।
प्लेयर अफ द सिरिज एमएफसि मङलबारेका अनिल राईले पाए । आम्बारी स्पाेटिङ युथ क्लबको आयोजनामा असोज २५ गते बाट उर्लाबारीस्थित आम्बारी खेल मैदानमा सुरु भएको खेलमा ८ टिमको सहभागीता रहेको थियो । खेलका बिजेता उपबिजेतालाई कार्यक्रमका प्रमुख अथिति उर्लाबारी-९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, समाजसेवि सबिता धिमाल, सितोरियो कराते संघ मोरङ जिल्ला बरिस्ट उपाध्यक्ष इन्द्र लामा, आयोजक टिमका अध्यक्ष दिलिप गुप्ता लगायतले पुरस्कार बितरण गरे ।


 
								 
															 
															 
															 
															 
															 
															 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								