पुजन दास / रतुवामाई,
मोरङको रतुवामाई नगरपालिकामा आज सम्पन्न बुलेट गाईज मिनी म्याराथनको उपाधी खोटाङका श्रीकास राईले हात परेका छन।
उनले निर्धारित दुरी २८ मिनेट १८ सेकेन्डमा पार गर्दै उपाधी हात पारेका हुन।
संखुवासभाका गोबिन्द कार्कीले २८ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान हात परेका छन। धरानका किरण लिम्बुले २९ मिनेट २९ सेकेन्डमा दुरी पारगर्दै तेश्रो स्थान हात परेका छन।
त्यस्तै ओशन राइले ३० मिनेट १७ सेकेन्ड, सरोज सिंहले ३० मिनेट ३८ सेकेन्ड र याङदेव राइले ३२ मिनेट ४२ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना पुरस्कार हात पारेका हुन।
क्रमश बिजेता प्रथमले नगद रु १५ हजार, दोश्रोले नगद १० हजार त्यस्तै तेश्रोले नगद रु ५ हजार र सान्त्वनाले नगद रु दुई दुई हजार गरि मेडल, ट्रफी प्रमाणपत्र र नगद सहित सम्मान पाएका थिए।
महिला तर्फ एकमात्र खेलाडी टिका बस्नेतले निर्धारित दुरी पार गरि रु नगद पचिस सय मेडल, प्रमाणपत्र पाउन सफल हुनु भएको थियो।
बुलेट गाईज कल्बका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन रतुवामाई नगरपालिकाका मेयर नागेश्वोर प्रसाद सिंहले गर्नुभएको थियो।
बिजता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल,ट्रफी र नगद सस्थाका अध्यक्ष दिपक श्रेष्ठ, रतुवामाई वार्ड न १० का अध्यक्ष भुल बहादुर कार्की (आशिष ) लगायतले प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रम सस्थाका सचीव अनिश कार्कीले संचालन गर्नुभएको थियो।
मिनी म्याराथनलाई सम्पन्न गर्न उर्लाबारी रनर ग्रुपको प्रतिनिधित्व गर्दै प्रभु दिलुङ्छा राई नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो। त्यस्तै १ सय ५० थान जर्सी नेपाल रन यु.के का जगन कार्कीको नेतृत्वमा आएको सामाग्री कल्बले खेलाडीहरुलाई प्रदान गरेको थियो।
एम्बुलेन्स सेवाका निमित्त रतुवामाई नगरपालिका र टार्फिक ब्यवस्थापन साथै सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय रतुवामाईले लिएको थियो।
म्याराथन दौड प्रतियोगिता रतुवामाई नगरपालिकामा क्षेत्रमा पहिलो पटक संचालन भएको हो।
ऐतिहासिक उपलब्धीका रुपमा रनलाई लिन र निरन्तर कार्यक्रम संचालन गर्ने ब्यवस्था गर्ने सस्थाका सचिव अनिश कार्की सधैव तत्पर रहेको बताउनु भएको छ।
त्यस्तै आगामी दिनहरु पुरस्कार रकमलाई वृद्धि गर्दै नगरको समन्वयमा बृहत कार्यक्रम गर्ने योजना रहेको सस्थाका कोषाध्यक्ष चन्द्र बहादुर भट्टराई (दिनेश) ले बताउनु भएको छ।