रतुवामाईमा वातावरण संरक्षणमा स्थानीयको भुमिका विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० कार्तिक ५, आईतवार
पढ्ने समय : < 1 मिनेट

  • रतुवामाई
    मोरङको रतुवामाई नगरपालिकामा वातावरण संरक्षणमा स्थानीयको भुमिका विसयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
    नगरपालिकाको वार्ड नं, ८ डाम्राभिट्टामा रहेको सामुदायिकह भवनमा संचालन भएको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम मानव अधिकार समूह रतुवामाइले आयोजना गरेको हो ।
    पछिल्लो समय अत्याधिक बढ्दै गएको बाताबरण प्रदुषणको रोकथाम तथा नियन्त्रणमा स्थानीयको भुमिका के कस्तो रहन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम केन्द्रित रहेको थियो। त्यस्तै मावन अधिकारका क्षेत्रमा भएका नयाँ प्रयोग, देखिएका समस्या र सरल समाधानका विषयमा समेत अन्तरक्रिया भएको थियो।
    मानव अधिकार समूह रतुवामाईका अध्यक्ष तेज प्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि प्रतिनिधि-सभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति माननीय ऋषीकेश पोख्रेल रहनु भएको थियो। विशिष्ट अतिथि इन्सेक नेपाल कोशी प्रदेश प्रमुख सोमराज थापा रहनु भएको थियो भने विभिन्न निकायका प्रमुख, पार्टी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
    कार्यक्रममा उपस्थित सम्पुर्णले वातावरणको संरक्षण, मानव अधिकारका क्षेत्र, तत्काल संचालन भएका कार्यहरुलो बारेमा अन्तरक्रिया तथा सुभकामना आदानप्रदान गर्नुभएको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय